|

सीप उपयोग गरेर स्वउद्यमी बन्न फुङ्लिङका जनप्रतिनिधिको आग्रह

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,चैत ६ । आफुले हासिल गरेको सीप उपयोग गरे स्वउद्यमी बन्न ताप्लेजुङको फुङ्लिङका जनप्रतिनिधिले आग्रह गर्नु भएको छ ।

अपाङ्गता सीप तथा क्षमता विकास कार्यक्रम अन्र्तगत १ महिने खाँडी तथा ढाका बुनाइ तालिम समापनका अवसरमा आइतवार फुङ्लिङमा आयोजित कार्यक्रममा फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलले सिकेको सीप उपयोग हुने गरी उद्यमी बन्ने अवस्थामा स्थानीय सरकारले बजारीकरणमा सघाउने बिश्वास दिलाउनुभयो । नगर उपप्रमुख बमबहादुर भट्टराई(तारा)ले सीप हासिल गरेको शक्तिको पलायन रोक्ने उपाय भनेकै उनीहरुलाइ उद्यम सृजनामा केन्द्रित गर्नु रहेको बताउँदै यस कार्यमा नगरपालिकाले सघाउने बताउनुभयो ।

तालिमका प्रशिक्षक कौशिला देवानले सिकेको सीपको भरपूर उपयोग गर्न सहभागीहरुलाइ आग्रह गर्नुभयो । गत फागुन १ गतेबाट सुरु भएको तालिम २९ गते पूरा भएको फुङ्लिङ नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख सीता गुरुङले जानकारी दिनुभयो । सहभागीलाइ आइतवारनै प्रमाणपत्र बितरण गरिएको थियो । तालिम समापन समारोहमा फुङ्लिङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपालकुमार सेन्दाङ,पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष तथा उज्यालो पोष्ट दैनिकका सम्पादक खगेन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts