| | |

दुर्गम गाउँ पापुङमा गाडी पुग्यो

अरुलाई पनि शेयर गरौ !

राजकुमार गुरुङ
ताप्लेजुङ, माघ २१ ।
ताप्लेजुङको दुर्गम हिमाली गाउँ पापुङमा गाडी पुगेपछि स्थानीयले खुशियाली मनाएका छन् । मिक्वाखोला गाउँपालिका–५ पापुङमा गएको आइतबार पहिलो पटक गाडी पुगेपछि स्थानीयबासीले खुशियाली मनाएका हुन् ।
मिक्वाखोला गाउँपालिकाको आफ्नै बजेटले सडकको ट्रयाक निर्माण सम्पन्न गरेर पहिलो पटक यातायातको साधन (गाडी) दुर्गम गाउँमा पुगेपछि स्थानीय हर्षितसमेत हुँदै खुशीयाली मनाएका हुन् । गाउँमा गाडी पुगेको खुसीको क्षणमा स्थानीयले चालक, सहचालकसहित गाडीमा पुगेका अन्य यात्रुलाईसमेत फूलमाला र खादा पहि¥याएर भव्य स्वागत गरेका थिए ।
हालसम्म आफ्नै गाउँमा गाडी देख्न नपाएका नागरिकमध्ये स्थानीय रिङ शेर्पाले गाउँमै गाडी पुग्दा अत्यन्तै खुशी लागेको बताउनुभयो । शेर्पाले अब गाउँदेखि नै दैनिक रुपमा यातायात सेवा सुचारु हुने भएकोले पापुङका समुदायलाई यातायात सुविधासँगै राहत मिल्ने भएको बताउनुभयो । हालसम्म एक दिनभर लगाएर आवश्यक सामग्री भरीयामार्फत ढुवानी गर्नुपर्ने अवस्थाको अन्त्य भएको पनि उहाँको भनाइ छ ।
यातायातको पहुँच नहुँदाको पीडा सुनाउँदै स्थानीय लाक्पाफुटी शेर्पाले पनि दुर्गम गाउँमा गाडी आइपुगेकाले खुशी लागेको बताउनुभयो । गाउँमा कोही–कसै बिरामी पर्दा तत्काल अस्पताल पु¥याउन नपाउँदाको पीडा र अन्य अत्यावश्यक काम पर्दा हरेक कष्ट सहेर पैदल यात्रा गर्नुपरेको दुःखलाई स्मरण गर्दै गाउँमा गाडी पुगेपछि अब त्यो दिनको अन्त्य हुनेमा आफू विश्वस्त रहेको उहाँले सुनाउनुभयो ।
उहाँका अनुसार पापुङदेखि करिव पाँच घण्टा पैदल यात्रा गरेर साँबाको तेम्बासम्म गाडी चढ्ने ठाउँमा पुग्नुपर्ने अवस्था रहेको थियो । यस्तो अवस्था रहँदै आएकोमा अबदेखि आफ्नै गाउँबाट गाडी चढ्ने र आवश्यक सामग्री ढुवानी गर्न पाउने अवस्था बनेपछि खुशीको सीमा नै नरहेको उहाँले बताउनुभयो । उहाँहरुजस्तै गाउँसम्म यातायातको पहुँच पुगेपछि पापुङका सबै बासिन्दामा खुशीयालली छाएको छ ।
यता गाउँका नागरिकलाई स्थानीय सरकारको अनुभूति दिलाउने सोचसहित गाउँसम्म सडक पु¥याउने योजनालाई प्रमुख प्राथिकता दिएको मिक्वाखोला गाउँपालिका–५ पापुङका वडाध्यक्ष डण्डु लामाले बताउनुभयो । लामाकाअनुसार पापुङसम्म सडक पु¥याउनका लागि गतवर्ष मिक्वाखोला गाउँपालिकाले एक करोड बजेट विनियोजन गरेको थियो ।
चालू आर्थिक वर्षमा पापुङ गाउँ, पालिका केन्द्र साँबा हुँदै सदरमुकामसँग सडक सञ्जाल जोड्ने योजनामा विनियोजन भएको बजेट ७० लाख रुपियाँसमेत खर्च गरेर सडकको पहुँच गाउँसम्म पुगेको वडाध्यक्ष लामाको भनाइ छ । उहाँले सडक निर्माण सम्पन्न भएसँगै वडाबासीले विकासको अनुभूत गर्न र यातायातको सुविधा उपभोग गर्न पाएका बताउनुभयो । यता पापुङसम्म सडक विस्तार भएसँगै ताप्लेजुङमा नौ स्थानीय तहका ६१ वटै वडा सडकले जोडिएको छ । अझै फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलालाई सडकले छा्ेए पनि यातायातको पहुँच पुग्न भने बाँकी रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts