|

पर्याप्त मात्रामा खोप भएपनि ताप्लेजुङका अपेक्षाकृत नागरिकले खोप लगाएनन्, खोप नलगाउनेलाइ कारवाहीको तयारी !

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १२ । प्रसस्त मात्रामा खोप भएपनि अपेक्षाकृत नागरिकले कोरोना बिरुद्धको खोप लगाएको नपाइएपछि कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले खोप नलगाउने उपर कडाइ गर्ने नीति लिएको छ । कोरोना बिरुद्धको खोप लगाउनु नागरिकको अधिकार मात्र नभइ कर्तव्य समेत हुने भएकोले खोप माग्न पाइने तर लगाउँदिन भन्न नपाइने कोरोना नियउन्त्रण तथा व्यवस्थापन समितिको बुझाइ रहेको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका ताप्लेजुङ संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले लगाउन मिल्नेले कोरोना बिरुद्धको खोप लगाउन अटेर गरे संक्रामक रोग निवारण ऐन अनुसार कारवाही समेत गर्ने तयारी सुनाउनुभयो । उहाँले स्थानीय तहका पदाधिकारीहरुलाइ आ–आफ्नो क्षेत्रमा कोरोना बिरुद्धको खोप लगाउन बाँकी रहेका नागरिकको सूची तयार गरी अनिवार्य खोप लगाउने वातावरण सृजनाका लागि आग्रह गर्नु भएको छ । खोप लगाउन साँँच्चै अटेर गरेको भए संक्रामक रोग निवारण ऐन अनुसार कारवाही गर्नु आफ्नो बाध्यता भएको उहाँले सुनाउनुभयो । स्थानीय तहका पदाधिकारी समेत उपस्थित एक बैठकमा उहाँले १८ बर्ष पूरा भएका सबै नागरिकलाइ पुग्ने गरी पर्याप्त मात्रामा कोरोना बिरुद्धको खोप पप्त भएको तर खोप लगाउन अटेर गरेको अवस्थाको अन्त्यका लागि आफुहरु कडाइका साथ‘एक्सन’मा उत्रन बाध्य हुने संकेत गर्नु भएको छ । ताप्लेजुङमा पछिल्लो चरणमा करिव ६१ हजार जनालाइ पुग्ने गरी भेरोसिल खोप आएको छ । तर यहिँ अवधिमा सञ्चालन भएका दुईचरणमा खोप अभियानमा करिव १५ हजार जनाले मात्र खोप लगाएका छन् । दोस्रो चरणको खोप अभियान भने कात्तिक १६ गते सम्म सञ्चालन हुने छ । स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पोखरेल अनुमानित तथ्याङ्कका आधारमा गाउँ–गाउँ पठाइएको खोपको ठूलो मात्रा अहिले प्रयोग नभइ फिर्ता हुन थालेको बताउँनुहुन्छ । उहाँका अनुसार अब बारबार खोप अभियान सञ्चालन हुन सक्दैन । प्राप्त भएको खोप प्रयोग नभए यहाँ भण्डारण गरेर राख्न पनि नमिल्ने भएकोले अब जति प्रयोग हुन्छ,त्यति प्रयोग गरेर अरु फिर्ता पठाउने योजना जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिले बनाएको छ ।‘त्यहिँ भएर खोप लगाउने कार्यलाइ अनिवार्य गर्न लागिएको हो’जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिका समेत संयोजक रहेका प्रमुख जिल्ला अधिकारी पाण्डेले भन्नुभयो । खोपको पहिलो मात्रा लगाएकाहरुलाइ दोस्रो मात्रा सुनिश्चित गरिएको छ । स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर दिनेश रायका अनुसार यहाँ १८ बर्ष उमेर समूहका करिव ८३ हजार नागरिक छन् । अहिले सम्म करिव ३५ हजारले कोरोनाको पूर्ण खोप लगाएका छन् । अब करिव ५० हजार जनाले कोरोना बिरुद्धको खोप लगाउनुपर्ने प्रक्षेपण गरिएपनि सो अनुसार खोप नलगाएपछि कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले कडाइका साथ प्रस्तुत हुने योजना बनाएको हो ।‘एउटा व्यक्तिले खोप नलगाएको असर अर्को व्यक्ति हुँदै समुदायस्तरमा समेत पर्ने भएकोले खोपलाइ अनिवार्य गराउनुपर्ने अवस्था आएको छ’प्रजिअ पाण्डेले भन्नुभयो । विज्ञहरुका अनुसार खोप लगाएका मानिसहरुमा कोरोना संक्रमणको जोखिम ज्यादै कम हुन्छ । संक्रमण भइहाले पनि मृत्यु जोखिम अन्यन्तै कम हुने भएकोले कोरोनाबाट बच्ने एउटै उपाय भनेकै खोपलाइ लिने गरिन्छ । बितेको दशैं र आउन लागेको तिहार र छैट जस्ता पर्वहरुले मानिसहरुको आउजाउ र भिडभाडका कारण कोरोना संक्रमण बढ्ने भय पनि उत्तिकै रहेको भन्दै प्रजिअ पाण्डेले सावधानी अपनाइदिन आग्रह गर्नु भएको छ । अहिले ताप्लेजुङमा सक्रिय कोरोना संक्रमित नभएको तर सावधानीका उपाय अपनाउन छाडे संक्रमण फेरी सतहमा आउन सक्ने भएकोले जनस्वास्थ्यका मापदण्ड अपनाउन,मेला,उत्सव सहितका भिडभाड हुने क्रियाकलाप नगर्न÷नगराउन उहाँले आग्रह समेत गर्नु भएको छ । उहाँले कोरोना बिरुद्धको पूर्ण खोपयुक्त जिल्ला बनाउने अभियानमा सघाउन र १८ बर्ष भन्दा माथि उमेरका सबै नागरिकले कोरोना बिरुद्धको खोप लगाउन सबैलाइ आग्रह गर्नु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts