|

नागरिकले कोरोना खोप नलगाएपछि दलीय संयन्त्रलाइ खोप लगाउने कार्यमा प्रोत्साहित गर्न ताप्लेजुङ प्रशासनको आग्रह

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २२ । लक्ष्य र अपेक्षा अनुसार नागरिकले कोरोना बिरुद्धको खोप नलगाएको पाइए पछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले राजनीतिक दलका आ–आफ्ना संयन्त्रलाइ खोप लगाउने कार्यमा नागरिकलाइ प्रोत्साहित गरिदिन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सर्बपक्षिय बैठकमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले तल्लो तह सम्म दलहरुका संयन्त्र पुगेकोले ति संयन्त्रमार्फत खोप लगाउन नागरिकलाइ प्रोत्साहित गर्न सहज हुने भएकोले दलहरुलाइ यस्तो आग्रह गरिएको बताउनुभयो । कोरोना बिरुद्धको खोप लगाउने बिषय एउटा व्यक्तिसंग मात्र नजोडिएको र खोप नलगाउँदाको क्षतिले अरुलाइ समेत असर गर्ने भएकोले १८ बर्ष भन्दा माथिका सबै नागरिकले अनिवार्य खोप लगाउनुपर्ने प्रजिअ पाण्डेले बताउनुभयो ।‘खोप लगाउन मिल्ने नागरिकले खोप लगाउन अटेर गरे संक्रामक रोग निवारण ऐन अनुसार कारवाहीको प्रकृयामा जानु बाध्यता बनिसकेको छ’पाण्डेले भने । प्रशासन कार्यालयका अनुसार पछिल्लो समय ताप्लेजुङका लागि ६१ हजार ४ सय २५ जनालाइ पुग्ने भेरोसिल खोप आएको छ । सो मध्ये करिव १० हजार नागरिकले मात्र यो खो लगाएका छन् । प्रजिअ पाण्डेले लक्ष्य अनुसार मोटो संख्याका नागरिक खोप लगाउनबाट छुुटेकोले अब खोपलाइ अनिवार्य बनाउने र नलगाउनेलाइ ऐन अनुसार कारवाही समेत गर्नेगरी कोरोना खोप अनुगमन तथा व्यवस्थापन समितिले तालिका बनाउने तयारी गरेको जानकारी दिनुभयो । । स्वास्थ्य कार्यालय ताप्लेजुङका अनुसार २०६८ सालको जनगणनालाइ आधार मानेर केन्द्रले ताप्लेजुङभर १८ बर्ष उमेर समूहका ५८ हजार ४ सय नागरिक हुने प्रक्षेपण तथ्याङ्क पठाएको थियो । जागिर वा पेशाका सिलसिलामा रहेका सहित पछिल्लो १० बर्षमा थप करिव २७ हजार नागरिक १८ बर्ष पूरा भएको हुने पुगेको अनुमानित तथ्याङ सहित स्वास्थ्य कार्यालय ताप्लेजुङले भने करिव ८५ हजार जनालाइ पुग्ने गरी खोप मागेको स्वास्थ्य कार्यालय ताप्लेजुङ सुपरभाइजर दिनेश रायले बताउनुभयो । दुईडोज लगाउनुपर्ने ३० हजार ८ सय ९४ डोज भेरोसिल,दुबै डोज लगाउनुपर्ने १६ हजार ५ सय २० डोज कोभिडशिल्ड र १५ हजार २ सय ८० डोज एक्सट्राजेनेका र एकडोज लगाए पुग्ने ५ हजार ८ सय ५० डोज जोन्सन एण्ड जोन्सन खोप यसअघि नै ताप्लेजुङ आइपुगेर प्रयोगमा आएको छ । ताप्लेजुङमा अहिले सम्म ३५ हजार २ सय १ जनाले कोरोना बिरुद्धको पूर्ण खोप लगाएका छन् । प्रजिअ पाण्डेका अनुसार करिव साढे ५१ हजार डोज भेरोसिल खोप अझै मौज्दात रहेको छ । ३५ हजार २ सय १० जनाले कोरोना बिरुद्धको पूर्ण खोप लगाइसकेको र अरु ५० हजार बढीलाइ कोरोना बिरुद्धको खोप दिएर ताप्लेजुङलाइ कोरोना बिरुद्धको पूर्ण खोपयुक्त जिल्ला बनाउने अभियान चलिरहेका बेला यहाँका लक्ष्य अनुसारका धेरै नागरिकले कोरोना बिरुद्धको खोप नलगाइ रहेको प्रशासनले ठम्याएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts