ताप्लेजुङका डिएसपी राणाको भनाइ ः ‘पुष्पाको हत्या नै भएको पुष्टी भयो,दोषी पनि पत्ता लाग्यो’

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, असोज १० । गत असोज ७ गते मृत भेटिएकी ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ३ लिङ्खिमकी १८ बर्षिया पुष्पा तबेबुङ लिम्बूको हत्या भएको र अभियुक्त समेत पक्राउ परिसकेको ताप्लेजुङ प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी बालनरसिंह राणाले अनुसन्धानको क्रममा पक्राउ परेका एक व्यक्तिले घटना स्वीकार गरिसकेको र केहि बेर पछि घटना बिबरण सार्वजनिक गरिने जानकारी दिनुभयो । डिएसपी राणाले सुरुमा घटना बारे जानकारी नभएको बताएका ति व्यक्तिले पछि हत्या स्वीकार गरेको र बिस्तृत बिबरण पछि दिइने बताउनुभयो । प्रहरी नियन्त्रणमा रहेका उनै व्यक्तिलाइ मृतक पुष्पाका आफन्तले किटानी जाहेरी दिएको तर पक्राउ पर्न नसकेको भन्दै मृतकका आफन्तले आइतवार बिहान पत्रकार सम्मेलनमार्फत तथ्य भन्दा बाहिर गए आन्दोलनमा जाने बताएका थिए । पुष्पाको शव फुङ्लिङ नगरपालिका वडा नं ७ को सेती चौतारा भन्दा केहि तलको निगाले भीरमा असोज ७ गते दिउँसो फेला परेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts