| |

सिरिजंगाद्धारा पालिकाकेन्द्रमा सुफथ मूल्यको फार्मेसी सेवा सुरु

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असोज ४ । चिकित्सकको व्यवस्था भएपनि बिरामीका लागि चाहिने औषधि खरिदका लागि अन्यत्र जानुपर्ने बाध्यता हटाउन ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा फार्मेसी सेवा सुरु गरेको छ । चिकित्सकको सिफारिसमा सुपथ मूल्यमा प्राथमिक स्वास्थ्य केन्द्रबाटै बिक्री गर्नेगरी सञ्चालनमा ल्याइएको फार्मेसीका लागि गाउँपालिकाले ५ लाख रुपैंया बीऊपुँजी रकम उपलब्ध गराएको छ । बीऊपुुँजी भन्नाले सो ५ लाख रकम मासिन पाउँदैन,तर सो रकमको परिचालन गरी औषधि खरिद गरिन्छ र बिक्रीबाट प्राप्त भएको रकम बीऊपुँजीकै रुपमा कोषमा रहिरहन्छ । गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकका लागि रिक्त १ जना चिकित्सकका थप प्रोत्साहन रकम दिने तथा र फार्मेसी सञ्चालनका लागि १ जना फर्मासिष्टलाइ करार सेवामा लिएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले चिकित्सकको सिफारिसमा सशुल्क पाइने औषधि खरिदका लागि अन्यत्र जानुपर्ने बाध्यता हटाउन पालिकाले फार्मेसी सञ्चालनका लागि बीऊपुँजीको प्रवन्ध गरेको बताउनुभयो । सशुल्क पाइने औषधि खरिदका लागि अन्यत्र जाँदा नागरिकको समय र लागत बढ्ने भएकोले यो अवस्थाको अन्त्यका लागि गाउँपालिकाले फार्मेसी सञ्चालनमा ल्याउन सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।

बिरामीलाइ चाहिने औषधि खरिदका लागि लामो बाटो र समय खर्चिएर अन्यत्र जानुपर्दा बिरामीलाइ थप जोखिम आइपर्न सक्ने भएकोले जोखिम हटाउन पालिकाको केन्द्रमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमै फार्मेसी सेवा सुरु गरिएको समेत घिमिरेले जानकारी दिनुभयो । फार्मेसी सेवामार्फत स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा समेत सघाउ पुग्ने गाउँपालिकाको विश्वास रहेको छ । शिक्षा,स्वास्थ्य,स्थानीय क्षेत्रमै रोजगारी उत्पादन,टोल विकास संस्थामार्फत सामाजिक कार्यमा योगदान दिने वातावरण सृजना,निःशुल्क डाक्टरी र प्राविधिक जनशक्ति उत्पादनका लागि सालिन्दा प्रत्येक वडाका १–१ जनालाइ निःशुल्क प्राविधिक शिक्षा पढाइ,माटो सुहाउँदो खेती प्रविधिमा सहयोग सहितका अभियान चलाउँदै आएको गाउँपालिकाले‘म स्वस्थ्य,मेरो गाउँ स्वस्थ्य’कार्यक्रम सञ्चालनमा ल्याएको छ । जनशक्ति व्यवस्थापन र फार्मेसी सेवा सञ्चालन सोहि कार्यक्रमको केहि अंश भएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts