|

फुङलिङका बजार पसल अब साँझ ५ बजे सम्म नै खुल्ने,मेची राजमार्गको ताप्लेजुङ खण्डमा सवारी आवागमन खुल्ला,होटल पनि खुलाउने निर्णय

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ३० । स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर ताप्लेजुङको फुङ्लिङका बजार पसल साँझ ५ बजे सम्म नै खुल्ला राख्ने निर्णय भएकोछ । अब मेची राजमार्गको ताप्लेजुङ खण्डमा सवारी बिना रोकतोक सञ्चालन हुने भएका छन् । पालिका स्तर र शाखा सडकमा भने पालिकाले निर्धारण गरे अनुसार सवारी सञ्चालन हुने गरी निर्णय भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो । अहिले फुङ्लिङका बजार पसल दिँउसो १ः०० बजे सम्म मात्र सञ्चालन हुँदै आएका थिए । गत असार २१ मा बसेको बैठकले असार ३१ सम्म फुङ्लिङका बजार पसल दिउँसो १ः०० बजे सम्ममात्र सञ्चालन गर्ने निर्णय लिएको थियो । प्रजिअ पाण्डेले साउन १ बाट होटल तथा रेष्टुरेन्ट पनि अब बेलुकी ८ः०० बजे सम्म सञ्चालन हुने निर्णय भएको जानकारी दिनुभयो । स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर सरकारी तथा गैर सरकारी संघसंस्था र बैंक तथा बित्तीय संस्थाको आन्तरिक कार्य सञ्चालनलाइ नियमित गरिने निर्णय पनि बैठकले लिएको छ । भौतिक रुपमा उपस्थित भइ गरिने शैक्षिक संस्थाको पठनपाठन पनि तत्कालै सुरु नगरिने भएको छ । इलाम,पाँचथर र झापा समेतले मुख्य राजमार्गमा सार्वजनिक यातायात समेत सञ्चालन गर्ने निर्णय गरिसकेकोले ताप्लेजुङले समेत मुख्य राजमार्ग क्षेत्रमा सवारी सञ्चालन हुन पाउने निर्णय लिएको पाण्डेले बताउनुभयो । पालिका स्तरमा भने पालिकाले निर्धारण गरे अनुसार सवारी आवागमन नियन्त्रण तथा सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । मेची राजमार्ग क्षेत्रमा सवारी सञ्चालन भए पनि अत्यावश्य बाहेक फुङ्लिङबाट पालिका र पालिका क्षेत्रबाट फुङलिङ आउने जाने सवारी आवागमन भने तत्काललाइ पूर्ववतःअवस्थामै राखिएको छ । बजार पसल खुले पनि यातायात सहितका क्षेत्र आशिंक रुपमा मात्र सञ्चालन हुने भएकोले जिल्ला प्रशासन कार्यालयले साउन ७ सम्मलाइ निशेधाज्ञा आदेश भने जारी गरेको छ । यो आदेश साउन १ गतेबाट ७ गते सम्मलाइ कायम हुने प्रशासन कार्यालयले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts