प्रशासनले भन्यो‘अबिरल पानी परिरहेको छ,सावधान हुनू’

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १८ । निरन्तर बर्षा भइरहेकोले जोखिम निम्तन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जोखिमपूर्ण स्थानमा रहेका बासिन्दालाइ चनाखो हुन,सावधानी र होसियारी अपनाउन अपिल गरेको छ । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले सार्वजनिक सूचना जारी गर्दै निरन्तर बर्षा भइरहेकोले कुनै पनि बेला बिपद्का घटना हुनसक्नेतर्फ संकेत गर्दै सम्भावित जोखिम क्षेत्रका बासिन्दालाइ सुरक्षित रहन अपिल गरेका गर्नु भएको छ ।

जारी सूचनामा बिगत केहि समययता मनसुनजन्य घटनाबाट ठूलो जनधनको क्षति भइरहेको र भू–बनोटका हिसावले ताप्लेजुङमा समेत जोखिमपूर्ण क्षेत्र रहेको भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ । बिपद्का घटना कहाँ र कतिबेला हुन सक्छन् भन्ने बिषय थाह नहुने भन्दै जिल्ला प्रशासन कार्यालयले यहाँका कतिपय भू–भाग विगत देखि नै बाढी र पहिरो जस्ता प्राकृतिक बिपद्को जोखिममा रहेकोतर्फ ध्यानाकर्षण गराइएको छ । मनसुनको यो बेला मौसमबिद्हरु समेतले बाढी र पहिरो जस्ता प्राकृतिक बिपद्ी आउन सक्नेतर्फ सचेत गराइ सकेको स्मरण गर्दै प्रशासन कार्यालयले सम्भावित जोखिम क्षेत्रका बासिन्दाले सर्तक र सावधानी अपनाउन सबैलाइ आग्रह गरिएको छ । ताप्लेजुङका सबैभन्दा बढी पहिरोको जोखिम रहेको छ । जिल्ला बिपद् व्यवस्थापन समिति आफैंले ताप्लेजुङका ६१ वटा वडामध्ये ५९ वटा वडालाइ पहिरो प्रभावित क्षेत्रको सूचीमा राखेको छ । जिल्ला बिपद् व्यवस्थापन समितिको बैठकले सम्भावित बिपद्का घटनाबाट बच्न पालिका तहले पूर्व तयारी र प्रतिकार्य योजना बनाइ अघि बढ्नुपर्ने निश्कर्ष निकालेको सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले जानकारी दिनुभयो । तमोर नदी सहितका खोला र नदी आसपास समेत बस्ती रहेको र नदी तथा खोलामा पानीको बहाव बढेपछि तटिय क्षेत्रका बस्ती समेत जोखिममा रहेका छन् । भिरालो जमिन भएको क्षेत्र वरपर रहेका बस्तीमा पहिरोको जोखिम बढी हुने बताइन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts