ताप्लेजुङको हाङ्देवा र थुकिमामा गरिएको एन्टीजेन परीक्षणमा १६ जना संक्रमित थपिए

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, जेठ २२ । ताप्लेजुङको हाङ्देवामा शनिवार गरिएको एन्टीजेन परीक्षणमा ५ महिला र ५ पुरुष गरी १० जना पोजेटिभ देखिएका छन् । यस्तै मेरिङदेन ५ थुकिमामा गरिएको परीक्षणमा ६ जना कोरोना संक्रमित थपिएका छन् । हाङ्देवामा २ फलोअप सहित १ सय ७ जनाको परीक्षण गरिएकोमा १० जना नयाँ कोरोना संक्रमित थपिएको फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलले जानकारी दिनुभयो । फलोअपका २ पुरुषको रिर्पोट नेगेटिभ आएको छ । नयाँ परीक्षण गरिएका ५८ पुरुषमा ५ र ४७ महिलामा ५ गरी १० जनाको रिर्पोट पोजेटिभ आएको प्याकुरेलले जानकारी दिनुभयो । पोजेटिभ देखिएका मध्ये ९ जना फुनपा ९ हाङ्देवाका र १ जना फुनपा ६ का रहेको समेत प्याकुरेलले जानकारी दिनुभयो । मेरिङदेन ५ थुकिमामा ३२ जनामा गरिएको एन्टीजेन परीक्षणमा ४ पुरुष र २ महिलामा संक्रमणा देखिएको वडाध्यक्ष जयबहादुर खड्काले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts