ताप्लेजुङतर्फ आउँदै गरेको एम्बुलेन्स पाँचथरमा दुर्घटना,१ जनाको मृत्यु, २ घाइते

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ १७ । झापाको बिर्तामोडबाट ताप्लेजुङतर्फ आउँदै गरेको प्रदेश १–०१–००१च ७७०६ नम्बरको एम्बुलेन्स पाँचथरको फिदिम नगरपालिका वडा नं ३ सुम्निमाचौक स्थित सडकबाट तल झर्दा १ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । मृत्यु हुनेमा पाँचथरको याङ्वरक गाउँपालिका वडा नं २ बस्ने ५० बर्षिय ममता राइ रहनु भएको छ । उपचारका लागि पाँचथर जिल्ला अस्पताल पु¥याएको केहि समय पछि ममतालाइ चिकित्सकले मृत घोषणा गरेको थिए । दुर्घटनामा परी पाँचथरको याङ्वरक गाउँपालिका वडा नं २ बस्ने १९ बर्षिय हेमन सुब्बा र ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ३ आङ्खोप बस्ने ५५ बर्षिय डोडकुमार राइ घाइते हुनु भएको छ । हेमनको छातिमा सामान्य चोट रहेको छ भने डोडकुमारको दाँयाबाँया हातमा । टाउकोमा चोट रहेको छ । दुबैको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । चालक पाँचथर जिल्ला हिलिहाङ गाउँपालिका वडा नं २ घर भएका २४ बर्षिय वीरेन्द्र धिताललाइ जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले नियन्त्रणमा लिएको जनाएको छ । उपचार पश्चात घर फर्कदै गरेका मानिस लिएर फर्किएको एम्बुलेन्स सडकबाट अन्दाजी १०–१५ मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts