| |

गुरुङले दिए ताप्लेजुङ अस्पताललाई अक्सिजन सिलिण्डर

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख ३० ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–७ दोखुका यामबहादुर गुरुङ (विजय) ले जिल्ला अस्पताल ताप्लेजुङलाई चार थान अक्सिजन सिलिण्डर उपलब्ध गराउनुभएको छ । मनिष इन्जिनियरिङ वर्कशपका सञ्चालक गुरुङले कोभिडका बिरामीको उपचारमा सहयोग पुर्याउने उद्देश्यले अक्सिजन ग्याँस सहितको सिलिण्डर उपलब्ध गराउनुभएको हो ।
जिल्ला अस्पतालका प्रमुख डाक्टर सोनिङ लामाले गुरुङले उपलब्ध गराउनुभएको अक्सिजन सिलिण्डर बिहीबार जिम्मा बुझ्नुभएको छ । सिलिण्डर हस्तान्तरण कार्यक्रममा फुङ्लिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराईको समेत उपस्थिति रहेको थियो । दिनदिनै कोरोनाका बिरामी बढ्दै गएका र अक्सिजनको अभाव हुँदै गएको अवस्थामा गुरुङले उपलब्ध गराउनुभएको अक्सिजन सिलिण्डरले बिरामी र जिल्ला अस्पताललाई ठूलो राहत पुगेको नगर उपप्रमुख भट्टराईले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts