|

ताप्लेजुङको तोक्मे क्षेत्र सिल गरिने, घरभन्दा बाहिर भेटे ठाउँको ठाउँ कारबाहीको तयारी

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,बैशाख २३ । ५८ जनाको परीक्षण रिपोर्टमा ४८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएपछि कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति ताप्लेजुङले फुङ्लिङस्थित तोक्मे क्षेत्रलाई थप कडाइ गर्दै ‘सिल’ गर्ने निर्णय लिएको छ । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले स्थिति जटिल बन्दै गएको भन्दै तोक्मे क्षेत्रमा सिल गरिने र घरभन्दा बाहिर निस्किए संक्रामक रोग निवारण ऐनअनुसार ठाउँको ठाउँ कारबाही गर्ने नीति लिएको जानकारी दिनुभयो ।‘ आफैंमा निशेधाज्ञा छ, तर पनि अबको प्रशासनिक उपस्थिति पहिले भन्दा कडाइ र ठाउँको ठाउँ कारबाही गर्ने उद्देश्यप्रेरित हुने छ’ प्रजिअ पाण्डेले भन्नुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts