| |

ताप्लेजुङमा ओली समूहद्धारा बिद्यार्थी संगठनबाट सांगठनिक अभियान सुरु

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,पुस २३ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केपी ओली समूहले ताप्लेजुङमा बिद्यार्थी संगठनको पुर्नगठनबाट सांगठनिक अभियान अघि बढाएको छ । उसले रमेश कार्कीको अध्यक्षतामा अनेरास्वबियुको २२ औं जिल्ला सम्मेलन आयोजक कमिटी घोषणा गर्दै अब पालिकास्तर,क्याम्पस इकाइ र बिद्यालय तहमा प्रारम्भिक कमिटी गठनको प्रकृया अघि बढाउने घोषणा गरेको छ । २२ औं जिल्ला सम्मेलन आयोजक कमिटीको उपाध्यक्षमा बिबेक बानियाँ,सचिवमा छत्र गुरुङ र कोषाध्यक्षमा यमूना गौतम चयन हुनु भएको छ । अनेरास्वबियुका स्थायी समिति सदस्य डम्बर अधिकारीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा नेकपा(ओली समूह)का केन्द्रीय सदस्य त्रय बुद्धिमान परियार,उर्मिला थेबे र अनन्त साँवा,संबिधानसभा सदस्य भूपेन्द्र थेबे,फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेल,मिक्वाखोला गाउँपालिका संगठन कमिटी अध्यक्ष दिवस लिम्बू,युवा संघका जिल्ला इञ्चार्ज दीपेन पोमू,सहसंयोजक आशिष केदेम,जिल्ला कमिटी सदस्य सन्तोष चाम्लिङ,युवा नेता मणिशंकर पोमू,गोपाल न्यौपाने,नेपाल राष्ट्रिय शिक्षक संगठनका मदन दाहाल र लिलाचक्र गुरुङ,गैर सरकारी संस्था महासंघका अध्यक्ष खड्गबिक्रम सुबेदी र अखिलका केन्द्रीय सदस्यहरु लेखनाथ भट्टराई,रुपेन्द्र वनेम,नारद गुरागाँइ र बिश्वनाथ शङ्कर सहितको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts