|

५५७८ परीक्षणमा ६५९ जनामा कोरोना संक्रमण पुष्टि

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,पुस १३ । पछिल्लो २४ घण्टामा ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५७८ जनाको परीक्षणमा ४०७ जना पुरुष र २५२ जना महिला गरी ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सोमबारसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७१८ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६४२७ रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८३२ पुगेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts