एमसीसीद्वारा श्रीलंकासँगको प्रस्तावित ४८० मिलियन डलरको सम्झौता रद्द

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,पुस ३ । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) ले श्रीलंकासँगको प्रस्तावित ४८० मिलियन अमेरिकी डलरबराबरको सम्झौता रद्द गरेको छ । एमसीसीको बोर्ड अफ् डाइरेक्टर्सको मंगलबार वासिङ्टनमा बसेको बैठकले श्रीलंकासँगको प्रस्तावित सम्झौता रद्द गर्ने निर्णय गरेको हो । ‘डिसेम्बर १५ मा बसेको एमसीसी बोर्ड अफ डाइरेक्टर्सको बैठकले अमेरिकी सरकारको अनुदान सहयोगका लागि नयाँ मुलुकहरु चयन गरेको छ । साथै श्रीलंकासँगको प्रस्तावित सम्झौता रद्द गर्ने निर्णय पनि बोर्डले गरेको छ,’ बुधबार एमसीसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । एमसीसीले नीतिगत सुधार र गरिबी न्यूनीकरणका लागि भन्दै सिएरा लियोन र किरिबाटीलाई उक्त कार्यक्रमका लागि छनोट गरेको छ । त्यस्तै सोलोमन आइल्यान्डलाई लागि २३ मिलियन अमेरिकी डलर बराबरको ‘थ्रेसहोल्ड प्रोगाम’ का लागि छनोट पनि गरेको छ । सन् २०१९ को अप्रिलमा एमसीसीले श्रीलंकामा ४८० मिलियन अमेरिकी डलरबराबरको अनुदानका विभिन्न परियोजना निर्माणका लागि सम्झौता प्रस्ताव स्वीकृत गरेको थियो । तर श्रीलंकाले भने उक्त सम्झौतालाई अनुमादेन गरेको थिएन । एमसीसी सम्झौताअनुरुप ४८० मिलियन अमेरिकी डलर श्रीलंकाको यातायात तथा भूमि व्यवस्थापनका क्षेत्रमा लगानी गर्ने भनिएको थियो । तत्कालीन श्रीलंकाली सरकारले उक्त सम्झौतालाई प्रारम्भिक स्वीकृति दिए पनि सन् २०१९ मा नयाँ सरकार बनेपछि परिस्थिति बदलिएको थियो । पछिल्लो सरकारले अमेरिकी चाहनाअनुरुप कुनै हालतमा एमसीसी सम्झौता अनुमोदन नगर्ने अडान लिँदै आएको थियो । केही समययता श्रीलंकामा प्रस्तावित एमसीसी सम्झौताका बारेमा राजनीति विवाद र बहस हुँदै आएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts