|

थप २८२४ जना संक्रमित, उपत्यकामा १६२२ जना

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,कात्तिक १६ । पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०२३ जनाको पीसीआर परीक्षण गर्दा २८२४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६२२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । काठमाडौं जिल्लामा १३६२, भक्तपुरमा ९६ र ललतिपुरमा १६४ जना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा ३६२० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ३४ हजार ८४२ जना पुगेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts