प्रतिनिधिसभाका सांसद सानु सिवाको निधन

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असोज २८ । संघीय संसद प्रतिनिधिसभाका सदस्य सानु सिवा पहाडीको बुधवार निधन भएको छ । लामो समयदेखि मृगौला र मुटुको समस्याबाट पीडित सांसद सिवाको उपचारकै क्रममा काठमाडौ मेडिकल कलेजमा निधन भएको सिवाका परिवारका सदस्यलाइ उधृत गर्दै ताप्लेजुङ सरोकार केन्द्रका उपाध्यक्ष टंक श्रेष्ठले जानकारी दिनुभयो । दुबै मृगौलाले काम गर्न छाडेपछि उहाँको केहि समय केहि मृगौला प्रत्यारोपण समेत गरिएको थियो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्य बन्नु भएकी सानु सांगितिक क्षेत्रमा निकै अब्बल मानिनु हुन्थ्यो । ताप्लेजुङमा जन्मनु भएकी सानुको कर्मघर भने इलाम हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts