कोरोना प्रभाव ः मध्यतमोर जलबिद्युत आयोजनाको लागत ५ देखि १० प्रतिशत सम्म बढ्ने,निर्माण अवधि पनि पर धकेलियो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २० । कोरोना कहरका कारण ताप्लेजुङमा निर्माणधीन मध्यतमोर जलबिद्युत आयोजनाको लागतमा बृद्धि र काम सकिने निर्धारित अवधि समेत पर धकेलिने भएको छ । लागतमा ५ देखि १० प्रतिशत सम्म बृद्धि हुने अनुमान गरिएको आयोजना निर्माणको अवधि भने ५ देखि ९ महिना सम्म पर धकेलिने संकेत देखिएको छ । यद्यपी ७३ मेगावाट क्षमताको सानिमा मध्य तमोर आयोजनाले भने निर्धारित अवधिलाइ आधार मानेरै कार्य प्रगति अघि बढाउने योजना भइरहेको बताएको छ । सानिमा मध्य तमोर आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सिइओ)जगत भूर्तेलले आयोजनाको लागतमा न्यूनतम् ५ प्रतिशत बृद्धि हुने स्पष्ट संकेत देखिएको बताउनुभयो ।‘कोरोना प्रभावले आयोजना सम्पन्न गर्ने अवधिमा कस्तो असर गर्छ,त्यहिँ अनुसार आयोजनाको लागत अनुमानमा समेत बृद्धि हुदै जान्छ’भूर्तेलले भन्नुभयो । अवस्था सामान्य हुँदा जलबिद्युत आयोजनाको कूल लागत १२ अर्ब ६८ करोड तोकिएको थियो । आयोजनाको नियमक निकाय सानिमा मध्य तमोरले कोरोनाको असरले काममा परेको प्रभाव,निर्माण उपकरणमा भएको बृद्धि सहितलाइ आधार मानेर आयोजनाको कूल लागत कम्तिमा १३ अर्ब ३० करोड रुपैंया पुग्ने अनुमान गरेको छ । आयोजनाको व्यवस्थापन पक्षले कोरोना कहर जतिसक्दो चाँडो सकिन्छ,उत्तिनै थप लागत बृद्धिमा जोगावट हुने अवस्था देखेको छ । प्राकृतिक बिपद्बाट छल्न पानी थिग्ग्रयाउने संरचना(सेटलिङ बेसिन समेत)लाइ भूमिगत बनाइएकोले यहिँ कार्यका लागि मात्रै पूर्व निर्धारित लागत भन्दा झण्डै ३० करोड बढी लागत बृद्धि भएको आयोजनाले जनाएको छ । कुनै किसिमको अवरोध नभएको भए मध्य तमोर जलबिद्युत आयोजनाको निर्माण सम्पन्न हुने निर्धारित अवधि सन् २०२२ को जुलाइ अन्तिम थियो ।

कोरोना प्रभाव,प्राकृतिक बिपद्ी लगायतका कारण आयोजना सम्पन्न हुन २०२२ को डिसेम्बर देखि २०२३ को अप्रिल महिना सम्म लाग्न सक्ने अनुमान गरिएको छ । यद्यपी आयोजनाले पूर्व निर्धारित तालिका परिवर्तन गरी निर्माण सम्पन्न हुने नयाँ तालिका भने सार्वजनिक गरेको छैन । आयोजनाका प्रवन्धक मणिराज पोखरेका अनुसार पूर्व निर्धारित तालिकामा केहि शंसोधन चाँिह पक्कै हुन्छ । आयोजनाको कार्यमा खटिएका चिनिया मजदुरहरु कोरोना बिरुद्धको खोपका लागि भन्दै धमाधम स्वदेश फर्कन थालेकोले अब आयोजनाले बाँकी काम कसरी अघि बढाउने भन्ने योजना बनाइरहेको छ । घर फर्किएका चिनिया मजदुरहरु फेरी काममा फर्कने अवस्था अन्योल छ । उनीहरु नफर्कने अवस्थामा आयोजनाले बाँकी कामका लागि अनुभवी नेपाली कामदारलाइ कार्यस्थलमा खटाउने योजना बुनिरहेको प्रमुख कार्यकारी अधिकृत भूर्तेलले बताउनुभयो । २ सय १८ जना चिनिया कामदार कार्यरत रहेको आयोजना स्थलमा केहिदिन भित्रमै व्यवस्थापन पक्ष बाहेक सबै चिनिया फिर्ता भइसक्ने छन् । पहिलो चरणमा ९४ र दोस्रो चरणमा ४२ जना चिनिया कामदार स्वदेश फर्कि सकेका छन् भने ४७ जना जाने अन्तिम तयारीमा रहेको आयोजना प्रवन्धक पोखरेलले जानकारी दिनुभयो । नोभेम्बर र डिसेम्बर महिनामा चाइना सरकारले आफ्ना सबै नागरिकलाइ कोरोना बिरुद्धको भ्याक्सिन लगाउने कार्यतालिका बनाएको भन्दै त्यसैका लागि उनीहरु स्वदेशतर्फ जान लागेको सूचना आफुले पाएको पोखरेलले बताउनुभयो । ताप्लेजुङको फुङ्लिङ नगरपालिका, मिक्वाखोला र फक्ताङ्लुङ गाउँपालिकाको सिमाना भई बग्ने तमोर नदीबाट आयोजना निर्माण कार्य भइरहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts