महेन्द्र मावि फाकुम्बाले चौथो पटकको विज्ञापनमा पनि पाएन अंग्रेजी शिक्षक,पाँचौं पटक विज्ञापन आवह्वान

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक २० । ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित महेन्द्र माध्यमिक बिद्यालय फाकुम्बाले चौथो पटकको विज्ञापनमा समेत अंग्रेजी बिषयको माध्यमिक शिक्षक नपाएपछि पाचौं पटकको विज्ञापन आवह्वान गरेको छ ।

प्रधानाध्यापक टीकाराम प्रसाँईका अनुसार माध्यमिक तह तृतीय श्रेणीको अंग्रेजी बिषयको शिक्षक अस्थायी करारमा नियुक्त गर्ने प्रयोजनका लागि कात्तिक १८ गते पाँचौ पटक विज्ञापन आवह्वान गरिएको हो । आबेदन दिने अन्तिम मिति कात्तिक १८ गतेका मितिले ७ दिनको हुने छ । बिद्यालयले यसअघि चार पटकसम्म विज्ञापन आवह्वान गर्दा समेत कसैले पनि रीतपूर्वकको दरखास्त दिएका थिएनन् ।

बिद्यालयले रिक्त मावि तृतीय श्रेणी अंग्रेजी बिषयको दरबन्दीमा शिक्षा नियमावली २०५९(दशौं संशोधन सहित),मैवाखोला गाउँपालिकाको शिक्षा क्षेत्र व्यवस्थापन गर्न बनेको ऐन २०७९ र शिक्षक सेवा आयोग नियमावली २०५७(संशोधन सहित)मा व्यवस्था भए बमोजिम मैवाखोला गाउँपालिकाको मिति २०८३ साल साउन २८ गतेको पत्रमार्फत रिक्त शिक्षक नियुक्तिका लागि दरखास्त आवह्वान गरेको जनाएको छ ।

Similar Posts