दोभान बजारका अग्नि पीडितलाई थाक्थाक्कुम मावोहाङ अन्छङ्वो लिम्बू कल्याणकारी कोषद्धारा १ लाख राहत बितरण
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक १९ । ताप्लेजुङको दोभान बजारका अग्नि पीडितलाई थाक्थाक्कुम मावोहाङ अन्छङ्वो लिम्बू कल्याणकारी कोषले बिहीबार १ लाख रुपैयाँ राहत प्रदान गरेको छ ।
१६ अग्नि पीडित परिवार प्रत्येकलाई ६ हजार २ सय ५० रुपैयाँका दरले राहत रकम प्रदान गरिएको संस्थाका महासचिव अमर अन्छङ्वो लिम्बूले जानकारी दिनुभयो । मेरिङदेन गाउँपालिका वडा नं ३ का वडाध्यक्ष गजेन्द्रकुमार नाल्वो लिम्बूको बिशेष उपस्थितिमा पीडित परिवारलाई राहत रकम बितरण गरिएको अन्छङ्वोले जानकारी दिनुभयो ।
मेरिङदेन गाउँपालिका वडा नं ३ स्थित दोभान बजारमा गत असोज ८ गते भएको आगलागीबाट ८ घरधनीका १० घर जल्दा १४ करोड ५६ लाख रुपैयाँ बढी क्षति भएको विवरण संकलन भएको छ ।