सम्वन्धित बिद्यालयमै पुगेर लेखा परीक्षण गर्ने सर्तमा पालिकाका बिद्यालयको लेखा परीक्षण गराउँदै फक्ताङलुङ
उज्यालो पोष्ट
ताप्लेजुङ,असोज २६ । नियुक्ति पाएको एक महिना भित्र सम्वन्धित बिद्यालयमा उपस्थित भएरै लेखा परीक्षण सम्पन्न गरी प्रतिबेदन दिनुपर्ने सर्तमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले बिद्यालयहरुको लेखा परीक्षणका लागि लेखा परीक्षक माग गरेको छ ।
पालिकाको शिक्षा शाखाका प्रमुख जयप्रसाद रिजालका अनुसार पालिका भित्र रहेका सम्पूर्ण सामुदायिक बिद्यालय तथा वाल विकास केन्द्रहरुको २०८२।८३ को स्वतन्त्र लेखा परीक्षण गर्न लागिएको हो । बिद्यालयहरुको लेखा परीक्षण शुल्क पालिका आफैंले व्यहोर्दै आइरहेको छ ।
आठराई त्रिबेणी,सिदिङ्वासहितका गाउँपालिकाले समेत पालिका क्षेत्रका विद्यालयहरुको लेखा परीक्षण शुल्क पालिका स्वयंबाट भुक्तानी गर्दै आइरहेका छन् । नियुक्ति पाएको एक महिना भित्र लेखा परीक्षण सम्पन्न गरी प्रतिबेदन दिन आलटाल गर्ने लेखा परीक्षकलाई फक्ताङलुङले लेखा परीक्षणको जिम्मेवारीबाट हटाउने भएको छ ।