नेपाली काँग्रेसको फुङलिङ नगरमा सर्वसम्मत नेतृत्व

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज ८ । नेपाली काँग्रेसको फुङलिङ नगर समितिमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

समितिको सभापतिमा बिनोद गुरुङ,उपसभापतिद्धयमा मदन गुरुङ(तेज) र अञ्जना कडरिया,सचिवमा क्षितिज सुनुवार र सहसचिवमा अमृत पालुङ्वा चयन हुनु भएको छ । बुधवार नगर अधिबेशन र बन्दसत्र भई बिहीबार अपरान्ह नगर समितिमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

सभापतिका लागि निवर्तमान सभापति सुरेश सिंघक,फुङलिङ नगरपालिका वडा नं ८ का वडाध्यक्ष तथा फुङलिङ नगरपालिकाको सामाजिक विकास समितिका संयोजक क्षितिज सुनुवार र फुङलिङ नगरपालिका वडा नं ६ का वडाध्यक्ष मदन गुरुङ(तेज)ले दावेदारी प्रस्तुत गर्नु भएको थियो ।

Similar Posts