सिरिजङ्गा र मिक्वाखोलाका प्रशासकीय अधिकृतको सरुवा
उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ ३१ । ताप्लेजुङका दुई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ ।
सिरिजङ्गा र मिक्वाखोला गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । सिरिजङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरहादुर आङदेम्बेको संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा सरुवा भएको छ ।
सिरिजङ्गाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रमा कार्यरत युनिल राई आउनुहुने भएको छ । राईले यसअघि मिक्वाखोला गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिई सक्नु भएको छ ।
मिक्वाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल गौतमको झापाको कचनकवल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएको छ । गौतमको ठाउँमा अब भूमि व्यवस्था तथा अभिलेख विभागबाट सूर्यप्रसाद कोईराला मिक्वाखोलाको नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनुहुने छ ।