राहत कोषमा रकम पठाउनु अघि क्यूआर ठीक भए नभएको एकिन गर्न ताप्लेजुङ प्रशासनको आग्रह
उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ १४ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउनु अघि खाता,क्यूआर वा लिंक सहि होकी होईन यकिन गर्न आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले नक्कली क्यूआर लिंक,बैंक खाता वा सामाजिक सञ्जालबाट हुने ठगीबाट बच्न सर्वसाधारणलाई उक्त आग्रह गर्नु भएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको क्यूआर एकिन गरेर मात्र सहयोग गर्न र ठगीहुनबाट बच्न प्रशासन कार्यालयले आग्रह गरेको हो ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली स्टेटमेन्ट बनाएर ठगी धन्दा चलाउने एक व्यक्तिलाई रामेछाप प्रहरीले पक्राउ पनि गरेको थियो । जिल्ला प्रशासन कार्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा ठगी समेत हुने गरेको स्मरण गराउँदै रकम पठाउनु अघि क्यूआर एकिन गर्न आग्रह गरेको हो ।