फुङलिङ–सुकेटार साहित्यिक पदयात्रा सम्पन्न

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ ६ । ताप्लेजुङको फुङलिङ बजार देखि सुकेटारसम्मको क्षेत्रमा शनिवार साहित्यिक पदयात्रा गरिएको छ ।

मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको प्रथम साधारणसभाको अवसरमा विश्व शान्ति,सद्भाव र राष्ट्रिय एकताको कामना सहित साहित्यिक पदयात्रा गरिएको आयोजक मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानका अध्यक्ष मनिष हेल्लोकले जानकारी दिनुभयो । साहित्यिक पदयात्रामा ताप्लेजुङका साहित्य सर्जक तथा सामाजिक व्यत्तित्वहरुको सहभागिता रहेको थियो ।

साहित्यिक पदयात्रासंगै सुकेटारमा साहित्य सर्जकहरुले आफ्नो रचना वाचन समेत गर्नु भएको साहित्य सर्जक चन्द्र मादेन‘आन्छोन’ले जानकारी दिनुभयो । केहिदिन अघि सदरमुकाम फुङलिङमा आयोजित कार्यक्रममा मादेनको साहित्य पुस्तकमाथि विर्मश तथा साहित्य रचना बाचन समेत गरिएको थियो । उक्तदिन पूर्व प्राज्ञ तथा साहित्य स्रष्टा रविमान लमजेललाई सम्मान समेत गरिएको थियो ।

Similar Posts