विज्ञान बिषयका बिद्यार्थीलाई पाथीभरा याङवरकको छात्रबृत्ति
उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ १३ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले पालिकाका सामुदायिक बिद्यालयबाट एसईई उर्तीण गरी कक्षा ११ र १२ मा विज्ञान बिषय अध्ययन गरिरहेका बिद्यार्थीहरुलाई छात्रबृत्ति उपलब्ध गराउने भएको छ ।
पालिकाका शिक्षा अधिकृत(सातौं) ठाकुर प्रधानका अनुसार पालिका भित्र स्थायी बसोबास भई पालिकाका सामुदायिक बिद्यालयबाट एसईई उर्तीण गरी कक्षा ११ र १२ मा विज्ञान बिषय लिई अध्ययन गरिरहेका बिद्यार्थीले उक्त छात्रबृत्ति पाउने भएका छन् ।
छात्रबृत्तिका लागि योग्यता पुगेका बिद्यार्थीहरुले जेठ २० गतेसम्म पालिकाका आबेदन दिईसक्नुपर्ने समेत प्रधानले जानकारी दिनुभयो ।