गौवध मुद्दाका फरार प्रतिवादी पक्राउ

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २९। गौवध मुद्दामा अदालतबाट दोषी ठहर भई ७ बर्षदेखि फरार रहेका एक प्रतिवादीलाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ भएका प्रतिवादीको नाम गोप्य राखी वतन भने फुङलिङ नगरपालिका वडा नं ३ बस्ने ३२ बर्षिय भनी खुलाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार ताप्लेजुङ जिल्ला अदालतको २०७६ साल जेठ १६ गतेको फैसलाले ६ महिना कैद असुल गर्न बाँकी रहेका फरार ति प्रतिवादीलाई लुकिछिपी बसिरहेको अवस्थामा फुङलिङ नगरपालिका वडा नं ५ बाट नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएका फरार प्रतिवादीलाई ताप्लेजुङ जिल्ला अदालतमा उपस्थित गराएको समेत प्रहरीले जानकारी दिएको छ ।

Similar Posts