पाथीभरामा एकैदिन पुगे ७ हजार बढी भक्तजन
उज्यालो पोष्ट
ताप्लेजुङ,चैत २८ । शनिवार एकैदिन ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा ७ हजार बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुुसार शनिवार(आज)७ हजार २२ जनाले मन्दिरको दर्शन गरेका हुन् । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले यो संख्या बर्षकै सबैभन्दा बढी भएको बताउँदै बिहान सबेरैबाट दर्शनार्थी लाइन लागि पूजाअर्चनमा केन्द्रित भएको जानकारी दिनुभयो ।
पाथीभरा क्षेत्र विकास समितिका सुचना प्रविधि संयोजक सन्तोष पुर्कुटीका अनुसार चैत महिनाको २८ गतेसम्ममा ४३ हजार ७ सय ५८ जनाले मन्दिरको दर्शन गरेका छन् । चैत महिनाको २७ गतेसम्ममा ३६ हजार ७ सय ३६ जनाले मन्दिरको दर्शन गरेको पुर्कुटीले बताउनुभयो ।