गुम्बाडाँडामा सञ्चालित एकमहिने कुक तालिम सम्पन्न

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत २८ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ६ स्थित गुम्बाडाँडा सामुदायिक होमस्टेमा एक महिने कुक तालिम शनिवार सम्पन्न भएको छ ।

तालिमका सहभागीलाई प्रमाणपत्र बितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि फुङलिङ नगरपालिका वडा नं ६ का वडाध्यक्ष मदन गुरुङ(तेज)ले सिकेको सीपलाई आर्थिक उर्पाजनसंग जोड्न सक्नुपर्ने बताउनुभयो । गुम्बाडाँडा सामुदायिक होमस्टे पर्यटकीय क्षेत्रको आकर्षणको रुपमा रहेको बताउँदै वडाध्यक्ष गुरुङले आन्तरिक पर्यटन प्रर्वद्धन गर्दै पाहुनाको स्वागत र सत्कारमा कुनै कमी हुन नदिनेगरी सहभागीले प्राप्त सीपको उपयोग गर्ने विश्वास लिनुभयो । तालिमका प्रशिक्षक प्रवेशराज धामीले एक महिने तालिमको समयमा सहभागीलाई खानाका परिकार बनाउने बाहेक पर्यटकको स्वागत र सम्मानपूर्वक बिदाई गर्ने तौढ तरिका बारे समेत जानकारी दिएको बताउनुभयो ।

पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीले पर्यटकहरुको आगमन हुँदा स्थानीय उत्पादनको स्वादिष्ट परिकार चखाउने देखि पर्यटकलाई फेरि दोहोरिएर यही होमस्टेमा आउँ–आउँ लाग्ने गरीको स्वागत सत्कारका तालिम लाभदायी हुने विश्वास लिनुभयो । गुम्बा डाँडा सामुदायिक होमस्टेका अध्यक्ष मणिराज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ ताप्लेजुङका सचिव कृष्ण फुरुम्बो लिम्बू,गुम्बा डाँडा सामुदायिक होमस्टेका पूर्व अध्यक्ष पूर्णकुमारी गुरुङ,होमस्टे सचिव मानबहादुर गुरुङ सहितको उपस्थिति रहेको थियो ।

पर्यटन कार्यालय काकडभिट्टाको आर्थिक सहयोगमा एक्सपर्ट टेक्निकल कलेज ईटहरी सुनसरीको प्राविधिक सहयोगमा उक्त तालिम सञ्चालन भएको गुम्बा डाँडा सामुदायिक होमस्टेले जनाएको छ ।

Similar Posts