पाथीभरा क्षेत्रमा रोकिएन हिमपात,बर्षा समेत जारी

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत २६ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा बुधवार साँझ देखि सुरु भएको हिमपात बिहीबार बिहानसम्म रोकिएको छैन ।

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार बर्षासंगै परिरहेको हिमपात नरोकिएको हो ।

यसअघि करिव साता दिन अघि समेत पाथीभरा क्षेत्रमा बाक्लो मात्रामा हिमपात भएको थियो । अहिले पनि हिमपात कायम रहेको महतले जानकारी दिनुभयो ।

यसअघि परेकै हिउँ बिल्न नपाइ पाथीभरा क्षेत्रमा हिउँ थपिएको छ ।

Similar Posts