हमालको निधनप्रति सांसद शाहीद्धारा दुःख व्यक्त

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत १५ । ताप्लेजुङको हिमाली क्षेत्र लोनाक पुगेका बेला ज्यान गुमाएका ३३ बर्षिय जुम्लेली युवा चन्द्रजंग हमालको निधनप्रति जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाहीले दुःख प्रकट गर्नु भएको छ ।

सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै शाहीले अपत्यारिलो,अकल्पनीय र अप्रत्याशित निधनको खबरले आफुलाई स्तब्ध एवम् मर्माहत बनाएको उल्लेख गर्नु भएको छ । हमालको कलिलो उमेरमै भएको निधनले धेरैलाई गहिरो पींडामा डुबाएको उहाँले लेख्नु भएको छ । हमालको निधनले जुम्लाले एक अब्बल वन विज्ञ गुमाएको र त्यो अपूरणीय क्षति भएको शाहीले भन्नु भएको छ् । उहाँले हमालका सम्पूर्ण परिवार,आफन्तजन र शुभेच्छुकहरुप्रति गहिरो समबेदना व्यक्त गर्नु भएको छ । समृद्ध पहाड परियोजनामा परियोजना अधिकृतको रुपमा ताप्लेजुङ आउनु भएका हमालको कार्यालयगत काममै सिलसिलामा हिमाली क्षेत्र लोनाकमा मृत्यु भएको थियो ।

लोनाक समुद्र सतहबाट ४ हजार ७०० मिटर उचाईमा रहेको छ । लोनाकमा पुगेको बेला अकस्मात बिरामी परेका हमालको केहि समयमै मृत्यु भएको थियो । मृत्युको कारण नखुलेपनि हिमाली क्षेत्रमा उहाँलाई अक्सिजनको मात्रा कम भएर समस्या आएको हुनसक्ने अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतमका अनुसार हमालको शव हेलिकोप्टरमार्फत लोनाकबाट ल्याई ताप्लेजुङ जिल्ला अस्पतालमा पोष्टमार्टम पश्चात आफन्तको जिम्मा लगाउने तयारी गरिएको छ ।

Similar Posts