रेविज रोग बिरुद्ध खोप अभियान सञ्चालन गर्दै सिरिजङ्गा
उज्यालो पोष्ट
ताप्लेजुङ,चैत १२ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले कुकुरहरुमा रेविज रोग बिरुद्ध निःशुल्क खोप शिविर सञ्चालन गर्ने भएको छ ।
पालिकाका स्वास्थ्य शाखा संयोजक अधिकृत छैटौं सञ्जिव सिंहका अनुसार चैत १६ देखि १८ गतेसम्म पालिकाका सबै वडामा सेवाग्राहीले पाउने गरी शिविर सञ्चालन गर्न लागिएको हो । सिंहका अनुसार चैत १६ गते वडा नं २ आम्बेगुदिन,वडा नं ४ तेल्लोक,वडा नं ५ पेदाङ र वडा नं ७ खेवाङको वडा कार्यालयमा रेविज रोग बिरुद्ध खोप दिइने छ ।
चैत १७ गते वडा नं २ आम्बेगुदिनको खाम्दिने बजार,वडा नं ३ सिकैचा र वडा नं ६ मामाङ्खेको वडा कार्यालय तथा वडा नं ७ खेवाङको पिङ्डाँडामा शिविर सञ्चालन हुने छ । चैत १८ गते वडा नं १ सिनाम र वडा नं ८ याम्फुदिनको वडा कार्यालयमा शिविर सञ्चालन गर्ने पालिकाले जनाएको छ ।
पालिकाले शिविरमा ४ जना पशु प्राविधिकमार्फत सबै वडाका लाभग्राहीलाई सेवा प्रदान हुनेगरी जिम्मेवारी प्रदान गरेको छ । पालिकाले तीन महिना उमेर पूरा भएका कुुकुरलाई मात्र रेविज रोग बिरुद्धको खोप दियन सकिने बताउँदै आफुले पालेका कुकुरलाई छाडा नछाडि बाँधेर राख्न आग्रह गरेको छ ।