सिरिजङ्गाकी वडा सदस्य सार्कीको निधन

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन ३ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ८ का वडा सदस्यको निधन पछि पालिकाले शोक बिदा दिदैं मातहतका कार्यालय र बिद्यालयमा आधा झण्डा झुकाउने निर्णय गरेको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेका अनुसार वडा सदस्य सीतादेवी सार्कीको निधन पछि आइतवार(आज) मातहतका कार्यालय र बिद्यालयमा आधा झण्डा झुकाउने निर्णय भएको छ । महाशिवरात्री पर्वका दिन आइतवार सार्वजनिक बिदा नै छ । सार्वजनिक बिदामा दिन भएपनि पालिका मातहतका कार्यालय र बिद्यालयहरुमा आधा झण्डा झुकाई वडा सदस्यको निधनमा शोक मनाइने पालिकाले जनाएको छ ।

सार्की २०७९ र २०७४ सालको दुबै स्थानीय तहको निर्वाचनमार्फत नेपाली काँग्रेसबाट सिरिजङ्गा गाउँपालिका वडा नं ८ याम्फुदिनबाट वडा सदस्यमा निर्वाचित हुनु भएको थियो । २०७९ सालको निर्वाचनमा उहाँ निर्वीरोध हुनु भएको थियो । २०१६ साल फागुन महिनाको १६ गते जन्मिनु भएकी सीतादेवीको ६६ बर्षको उमेरमा २०८२ साल फागुन १ गते निधन भएको हो ।

Similar Posts