| |

ताप्लेजुङ गोल्डकपः रेड स्टारसँग साहारा स्तब्ध

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन २५ । अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा झापाको रेडस्टार फुटबल क्लबसँग साहारा क्लब पोखरा स्तब्ध भएको छ । आइतबार भएको खेलमा रेडस्टारसँग २–० गोलअन्तरले साहारा क्लब स्तब्ध भएको हो ।
खेलको मध्यान्तरसम्म गोलरहित बराबरी खेलेका दुवै टोलीले मध्यान्तरपछिको केही समयमै गोल गर्न सफल भएको रेडस्टारले जितका लागि साहारामाथि दुई गोल गरेको छ । साहाराका खेलाडीले गोल फर्काउने धेरै प्रयत्न गरे पनि सफल हुन सकेन । यहाँको खेलमैदानको अनुभाव बटुलेको रेडस्टारसँग पराजित भएसँगै साहाराले प्रतियोगिताबाट बाहिरिनुपरेको छ ।
यता आइतबार भएको खेलमा रेडस्टार फुटबल क्लबका तर्फबाट पहिलो गोल गर्न सफल भएका सविन लुंगेली मगर सर्वश्रेष्ठ खेलाडी घोषित हुँदै सात हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगिताको तेस्रो दिन सोमबार अन्तर्राष्ट्रिय टोली भारत, सिलिगुढीको लेजण्ड फुटबल एकेडेमी र काठमाडौंको चर्च ब्वाइज फुटबल क्लबबिच हुने आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ ।
यसवर्षको उपाधि विजेताले सात लाख दुई हजार ८२ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने छ । त्यस्तै उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँ राशिको नगद पुरस्कार प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियागिताभरका सबोत्कृष्ट एकजना खेलाडीले १५० सिसिको यामाहा कम्पनीको मोटरसाइकलसमेत प्राप्त गर्ने छ । लाखेजात्रा पर्वको अवसरमा आयोजित प्रतियोगिता साउन ३१ गते शनिबार सम्पन्न हुने छ ।

Similar Posts