समाजसेवी युवाद्वारा शैक्षिक सामग्री वितरण

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन १५ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङगेका एक समाजसेवी युवकले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ । तिरिङगेका समाजसेवी युवा नेतृत्व दुर्गा इजम लिम्बूले विद्यार्थीलाई कापी, डटपेन, ज्यामिती बक्सजस्ता शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।
लिम्बूले पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङगेभित्रका विभिन्न चार वटा विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत १६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको हो । तिरिङगेस्थित कालिका माध्यमिक विद्यालयको कक्षा १–५ मा अध्ययनरत ५१ जना, सिद्धकुमारी आधारभूत विद्यालयमा अध्ययनरत ४२ जना विद्यार्थीलाई लिम्बूले शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।
यस्तै तिरिङगेकै अरनीको आधारभूत विद्यालय र कुम्भकर्ण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लिम्बूले शैक्षिक सामग्री वितरण गर्नुभएको छ । उहाँका अनुसार हाल कक्षा ३ सम्म मात्र सञ्चालित अरनिको आधाभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कापी, डटपेन र ज्यामिति बक्स वितरण गरिएको । बाँकी तीन वटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई भने कापी र डटपेन मात्र वितरण गरेको उहाँले जानकारी दिनुभयो ।
बालबालिका भविश्यका कर्णधार भएका र थोरै भए पनि उनीहरुको पढाइमा सहयोग पु¥याउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरेको लिम्बूले बताउनुभयो । लिम्बू योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) ताप्लेजुङको सहसचिव हुनुहुन्छ ।