असार महिनाको २९ गतेभित्र पाथीभरामा ४ हजार दर्शनार्थी

उज्यालो पोष्ट
ताप्लेजुङ,असार २९ । चालु बर्षको असार २९ गतेसम्ममा पाथीभरामा ४ हजार ७८ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् ।
पाथीभरा क्षेत्र विकास समितिका सूचना प्रविधि संयोजक सन्तोष पुर्कुटीका अनुसार २०८२ सालको असार महिनामा २९ गतेसम्ममा ४ हजार ७८ दर्शनार्थीले मन्दिरको दर्शन गरेका हुन् । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार चालु आर्थिक बर्ष समाप्त भएपछि समितिले एक आर्थिक बर्षभरी पाथीभरा मन्दिरमा आउने दर्शनार्थी र एक आर्थिक बर्षभरी संकलन भएको भेटीको एकमुष्ट विवरण सार्वजनिक गर्ने तयारी गरिएको छ ।
क्षेत्र विकास समितिले पाथीभरा क्षेत्रमा संकलन भई हरेक महिना गणना भएको भेटी र हरेक महिना पाथीभरा मन्दिरको दर्शन गर्न आउने दर्शनार्थीको संख्या मासिक रुपमै सार्वजनिक गर्दै आइरहेको छ । क्षेत्र विकास समितिले चालु आव समाप्त भए लगत्तै आम्दानी तथा खर्चको विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ ।