|

नेकपा स्थायी कमिटी बैठक भदौ २६ गते बोलाउने सहमति

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,भदौ २२ । नेकपाले स्थगित स्थायी कमिटीको बैठक भदौ २६ गते बोलाउने भएको छ । नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले साउन १३ गते स्थगित स्थायी कमिटीको बैठक भदौ २६ गते बोलाउने सहमति भएको जानकारी दिनु भएको हो । सोमबार बिहान बालुवाटारमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलसहितको छलफलमा यो सहमति गरिएको पनि थापाले बताउनु भएको हो । असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठक आन्तरिक विवादका कारण पटकपटक स्थगित हुँदै आएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts