| |

एकीकृत समाजवादी ताप्लेजुङ अध्यक्षमा चोङ्बाङ चयन

-उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ १० । नेकपा (एकीकृत समाजवादी) ताप्लेजुङको अध्यक्षमा दुर्गाप्रसाद सिरेङ चोङ्बाङ चयन हुनुभएको छ । एकीकृत समाजवादीको ११ औं जिल्ला अधिवेशनले सिरेङ चोङ्बाङ अध्यक्ष रहेको ४५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो ।
सो पार्टीको जिल्ला अधिवेशन शुक्रबार राति अबेर सम्पन्न भएको हो । अध्यक्षमा सर्वसम्मत चयन हुनुभएका सिरेङ चोङ्बाङ मेरिङ्देन गाउँपालिकाका उपाध्यक्ष हुनुहुन्छ । यस्तै जिल्ला कमिटीको उपाध्यक्षमा रामचन्द्र पोमु, देवीमाया नेपाली, सचिवमा मोहन न्यौपाने, उपसचिवहरुमा बादल गुरुङ, अमर लोहार र गणेश राई चयन हुनुभएको छ ।
सदरमुकाम फुङ्लिङमा सम्पन्न भएको जिल्ला अधिवेशनको पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले उद्घाटन गर्नुभएको थियो । अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । जिल्ला समन्वय समितिका प्रमुखसमेत रहनुभएका पार्टीका निवर्तमान जिल्ला अध्यक्ष छिरिङ लामाका अनुसार अधिवेशनमा करिव २५० जना प्रतिनिधिको सहभागिता रहेको थियो ।

Similar Posts