मिक्वाखोलाको खोक्लिङमा बैशाख १८ गते पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर हुँदै

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख १६ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं १ स्थित खोक्लिङ स्वास्थ्य चौकीमा बैशाख १८ गते एकदिने पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सञ्चालन हुने भएको छ ।

स्वास्थ्य चौकी इञ्चार्ज दिनेशकुमार भण्डारीका अनुसार शिविरमा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ,फिस्टुला,आङखस्ने,बाँझोपन सम्वन्धी स्क्रिनिङ तथा परार्मश सम्वन्धी शिविर हुन लागेको हो । बैशाख १८ गते बिहान ८ बजेदेखि शिविर सञ्चालन हुने छ ।

पाठेघरको मुखको क्यान्सर(भिआईए)परीक्षणका लागि ३० बर्ष उमेर पूरा भई ६० बर्ष नाघेका,महिनावारी भएको ७ दिन पूरा भएको र पोष्ट अबोर्शन सेवा लिएको ३० दिन पूरा भएका महिलाहरुले मात्र परीक्षण गराउन सक्ने व्यवस्था रहेको समेत भण्डारीले जानकारी दिनुभयो ।

 

Similar Posts