कोशी सरकारको सिचाँई नियमावली : बनेका र बन्न लागेका सिचाँई संरचना अब नियमावलीको दाहेरामा आउनुपर्ने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २२ । कोशी प्रदेश सरकारले प्रदेश सिचाँई नियमावली २०८१ जारी गरेको छ ।

उपभोक्ताद्धारा सञ्चालित प्रणाली,उपशाखा नहर,कुलेसो,कुलो,नयाँ प्रविधिमा आधारित सिचाँई प्रणाली,परम्परागत सिचाँई प्रणाली,प्रशाखा नहर,मूल नहर,लिफ्ट सिचाँई प्रणाली र भूमिगत जल सिचाँई प्रणालीको व्यवस्थापनका लागि प्रदेश सरकारले सिचाँई नियमावली २०८१ जारी गरेको हो । जारी नियमावली अनुसार अब सिचाँई प्रणालीको सञ्चालनका लागि सर्वेक्षण अनुमति लिनुपर्ने हुन्छ । सिचाँई प्रणालीको विकासका लागि समेत अनुमति लिनुपर्ने हुन्छ भने सर्वेक्षण प्रतिबेदन पेश भएपछि मात्र प्रकृया अघि बढ्ने छ । नियमावलीले दोहोरो सर्वेक्षण अनुमति नदिने भएको छ । जसअनुसार सर्वेक्षण अनुमतिपत्रका उल्लेखित अवधिभर सोहि क्षेत्रमा सोहि प्रणालीको सर्वेक्षण पाउनेगरी कुनै व्यक्ति वा संगठित संस्थालाई सर्वेक्षण अनुमति दिइने छैन ।

सिचाँई प्रणालीको विकासका लागि अनुमति पाएका व्यक्ति वा संगठित संस्थालाई भौतिक कार्य सुरु गर्न निश्चित समय प्रदान हुने व्यवस्था नियमावलीले गरेको छ । नियमावली अनुसार सिचाँई प्रणालीको विकासका लागि अनुमति पाएका व्यक्ति वा संगठित संस्थाले अनुमति पाएको मितिले तीन महिना भित्रमा सिचाँई प्रणालीको भौतिक कार्य सुरु गर्नु अनिवार्य छ ।

म्याद भित्र काम सुरु नसकेको अवस्थामा काम सुरु हुन नसकेको यथेष्ट प्रमाण पुगेमा मात्र म्याद थप बारे पुर्नविचार गर्न सकिने व्यवस्था जारी भएको छ । सिचाँई प्रणालीको विकासका लागि अनुमति प्राप्त व्यक्ति वा संगठित संस्थाले आफुखुसी अनुमतिपत्र बिक्रीका वा हस्तान्तरण गर्न नपाउने व्यवस्था नियमावलीले गरेको छ ।

अनुमति प्राप्त व्यक्ति वा संस्थाले अनुमतिका सर्त अनुसार काम नगरे वा सर्त विपरितका काम गरेमा अनुमतिपत्र खारेज हुने भएको छ । उपभोक्ता समिति गठन गर्दा आयोजना प्रभावित क्षेत्रका सबैघरधुरीका सदस्य भेला भई सर्वसम्मत वा निर्वाचन विधिद्धारा गठन गर्नुपर्ने र समितिको पदावधि तीनबर्षको हुने नियमावलीले किटान गरेको छ । नियमावलीमा सरकारी वा गैर सरकारी संस्थाद्धारा निर्माण भई पूर्ण रुपमा उपभोक्ताद्धारा सञ्चालित भएको अवस्थालाई उपभोक्ताद्धारा सञ्चालित प्रणाली भनिएको छ ।

मूल वा शाखा नहरबाट निस्कने र एकसय देखि पाँचसय हेक्टरसम्म सिचाँई क्षेत्र भएको नहरलाई उपशाखा नहर भनिएको छ । मूल वा शाखा वा उपशाखा वा प्रशाखा नहरहरु वा कुनै कुलोबाट निस्कने र चार हेक्टर भित्रका प्रत्येक खेतमा पानी पु¥याउने प्रणालीलाई नियमावलीले कुलोसोको रुपमा अथ्र्याएको छ । मूल वा शाखा वा उपशाखा वा प्रशाखा नहरहरु वा कुनै कुलोबाट निस्कने र चार हेक्टर भन्दा माथि तीस हेक्टरसम्म सिचाँई गर्न सक्ने प्रणालीलाई कुलो भनिएको छ ।

मूल वा शाखा वा उपशाखा कुनै नहरबाट निस्कने र तीस हेक्टर भन्दा माथि एकसय हेक्टरसम्म सिचाँई भएको क्षेत्र प्रशाखा नहरको रुपमा रहने छन् । सिचाँईको प्रयोजनार्थ पानी संकलन,प्रवाहीकरण,भण्डारण बितरण तथा प्रयोगमध्ये एक,केहि वा सबै कार्यमा परम्परागत भन्दा पृथक प्रविधि प्रयोग हुने सिचाँई प्रणालीलाई नियमावलीले नयाँ प्रविधिमा आधारित भनेर ब्याख्या गरेको छ । किसानद्धारा निर्मित तथा सञ्चालित प्रणालीका साथै नदी,खोला तथा पानीको स्रोतमा बाँध बनाई कुलो वा नहरद्धारा सिचाँई गर्ने र ट्युवेलको माध्यमद्धारा भूमिगत पानीको प्रयोग गरी सिचाँई गर्ने प्रणालीलाई परम्परागत प्रणालीको रुपमा चित्रित गरिएको छ ।

पानीका लागि ड्युप ट्युवेल,पावर ड्युप ट्युवेल वा स्यालो ट्युवेल इनार आदिको निर्माणको साथै जमिन मुनिको पानी तान्न प्रयोग गरिने बिद्युतीकरण वा वैकल्पिक उर्जाद्धारा सञ्चालित पम्प,ओभरहेड ट्यांक,पम्पघर र पानी बितरण प्रणाली सहितको संरचनालाई भूमिगत जल सिचाँई प्रणाली भनिएको छ । सिचाँई प्रणालीका लागि यसअघि बनेका उल्लेखित तवरका संरचना वा अब बन्ने संरचना अब नियमावली अनुसार आबद्ध हुने समेत प्रदेश सरकारले राजपत्र प्रकाशित गरी जानकारी गराएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts