|

मैवाखोलाले बगाएर दुई बालबालिका बेपत्ता

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज १८ । ताप्लेजुङकमा खोलाले बगाएर दुई बालबालिका बेपत्ता भएका छन् । प्रहरीका अनुसार मैवाखोला गाउँपालिकामा स्थानीय मैवाखोलाले बगाएर दुई बालबालिका बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार बेपत्ता हुनेमा ११ वर्षीय सन्देश बराइली र १२ वर्षीया आइतरानी शेर्पा रहेका छन् । शुक्रबार दिउँसो गाईवस्तु चराउन गएको समयमा पौडी खेल्ने क्रममा खोलाले बगाएर बालबालिका बेपत्ता भएका प्रहरीले जनाएको छ ।
बेपत्ता भएका बालबालिकाको शुक्रबार साँझसम्म खोजी गर्दापनि फेला नपरेका प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो । यता घटनाका बारेमा थप अनुसन्धान भइरहेकोसमेत प्रहरीले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts