लिखत सम्वन्धी कसुर मुद्दाका फरार प्रतिवादी २९ बर्ष पछि पक्राउ

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ ४ । लिखत सम्वन्धी कसुर मुद्दा फरार प्रतिवादीलाई ताप्लेजुङ प्रहरीले २९ बर्ष पछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाथीभरा याङवरक गाउँपालिका वडा नं ३ तिरिङ्गे(साविक तिरिङगे गाविस वडा नं ९)स्थायी वतन भइ हाल फुङलिङ नगरपालिका वडा नं ११ बस्दै आएका देवीप्रसाद सेम्बू लिम्बू रहेका छन् ।

उनलाई खोजतलास गर्ने क्रममा घरमै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरी जिल्ला अदालतबाट फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४(३) बमोजिम ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले जानकारी दिनुभयो ।

२०५२ साल बैशाख २६ गते जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको पत्र जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी निज देवीप्रसाद भएको लिखत सम्वन्धी कसुर मुद्दामा वारदात मितिबाटै फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts