एलिना दियाली ताप्लेजुङका रेडियोहरुमा पहिलो महिला स्टेशन म्यानेजर

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन २४ । सञ्चारकर्मी एलिना दियाली ताप्लेजुङमा सञ्चालित एफएम रेडियोहरुको पहिलो महिला स्टेशन म्यानेजर हुनु भएको छ ।

नेपाली मिडिया नेटवर्कद्धारा सञ्चालित रेडियो काबेलीले उहाँलाई समाचार प्रमुखबाट स्टेशन म्यानेजरमा पदोन्नती गर्ने निर्णय गरेको छ । ‘हामीले स्टेशन म्यानेजर बारे निर्णय गरिसकेका छौं,तर जिम्मेवारी औपचारिक रुपमा हस्तान्तरण गरिएको छैन’ नेपाली मिडिया नेटवर्कका अध्यक्ष लोकेश लिवाङ लिम्बूले भन्नुभयो । रेडियो काबेलीको संस्थापक स्टेशन म्यानेजरमा दिनेश लिङखिम रहनु भएको थियो । लिङखिम अब नेपाली मिडिया नेटवर्कको सञ्चालक समितिको सचिव सहितका जिम्मेवारीमा रहनु हुने छ ।

नेपाली मिडिया नेटवर्कले स्टेशन म्यानेजरलाई एकबर्षको करार सम्झौता गरी जिम्मेवारी दिने निर्णय अनुसार स्टेशन म्यानेजर परिवर्तन भएको लिवाङले जानकारी दिनुभयो । ताप्लेजुङमा अहिले तीनवटा रेडियो सञ्चालनमा छन् । एक दैनिक पत्रिका र एक साप्ताहिक पत्रिका नियमित प्रकाशनमा छन् । यसअघि मोरङमा रहेर पत्रकारिता गर्दै आउनु भएकी दियाली केहिबर्ष देखि गृह जिल्ला ताप्लेजुङमै आएर पत्रकारितामा संलग्न हुनुहुन्छ । उहाँ अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)को जिल्ला प्रतिनिधि समेत रहनु भएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts