| |

ताप्लेजुङ गोल्डकपलाई बृहत बनाउन काठमाडौंमा अन्तर्क्रिया

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन १२ । आगामी भदौ ३ देखि १० गतेसम्म आयोजना गर्न लागिएको ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितालाई बृहत बनाउन काठमाडौंमा अन्तर्क्रिया गरिएको छ । आयोजक लाखेजात्रा सञ्चालन समितिले प्रतियोगितालाई थप बृहत र प्रभावकारी बनाउने उद्देश्यले काठमाडौंमा शुक्रबार सरोकारवालासँग अन्तर्क्रिया गरेको हो ।
पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई, प्रतिनिधिसभा सदस्य उर्मिला थेबे, कोशी प्रदेशसभा सदस्य खगेनसिंह हाङगाम, स्थानीय तहका जनप्रतिनिधिलगायत अन्य सरोकारवालाको सहभागितामा अन्तर्क्रिया सम्पन्न गरिएको छ । अन्तर्क्रियामा सरोकारवालाका तर्फबाट प्रतियोगितालाई सफल बनाउन आ–आफ्नो ठाउँमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको आयोजक समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो ।
समिति अध्यक्ष गुरुङका अनुसार गोल्डकप प्रतियोगितालाई भव्यरुपमा सफल बनाउनका लागि सरोकारवालाले आवश्यक सल्लाह सुझाव पनि दिनुभएको छ । त्यस्तै उहाँहरुले आर्थिक, भौतिक, नैतिक तथा अन्य आवश्यक सहयोग गर्ने उल्लेख गर्नुभएको गुरुङको भनाइ छ ।
प्रत्येक वर्ष लाखेजात्राको अवसरमा आयोजना गरिँदै आएको फुटबल प्रतियोतिगा जिल्लाको ठूलो धनराशिको पुरस्कार भएको प्रतियोगिता पनि हो । उक्त फुटबल प्रतियोगितालाई गतवर्षदेखि भने ताप्लेजुङ गोल्डकपका नामबाट खेलाउन सुरु गरिएको छ । यसवर्ष ताप्लेजुङ गोल्डकपको दोस्रो संस्करण आयोजना गर्न लागिएको हो ।
विगतमा भन्दा यसवर्ष थप व्यवस्थित र विशिष्ट बनाउनेगरी तयारी थालेको आयोजकले जनाएको छ । आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष गुरुङका अनुसार विशिष्ट बनाउन नेपालका नाम चलेका ‘ए’ डिभिजन क्लबहरुलाई आमान्त्रण गर्ने तयारी भइरहेको छ । यसअघि गोल्डकप विजेता र उपविजेताले प्राप्त गर्दै आएको क्रमशः तीन लाख ११ हजार १११ र एक लाख ११ हजार १११ रुपियाँ राशीको नगद पुरस्कारमा वृद्धि गर्ने तयारी गरिएको पनि आयोजकले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts