ताप्लेजुङ जिल्ला अदालतद्धारा आव २०८०।८१ मा लक्ष्य भन्दा ४ प्रतिशत बढी मुद्दा फर्स्यौट

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ३ । ताप्लेजुङ जिल्ला अदालतले आर्थिक बर्ष २०८०।८१ मा लक्ष्य भन्दा ४ प्रतिशत बढी मुद्दा फर्स्यौट गरेको छ ।

जिल्ला अदालतका सूचना अधिकारी तथा इजलास अधिकृत बिष्णुकुमार राईका अनुसार अदालतले ७० प्रतिशत मुद्दा फर्स्यौट गर्ने लक्ष्य राखेकोमा ७४ प्रतिशत मुद्दा फर्स्यौट गरेको छ ।‘आव २०८०।८१ मा दर्ता भएका मुद्दा बढी फर्स्यौट भए’राईले भन्नुभयो ।

आव २०७९।८० बाट जिम्मेवारी सरी आएका १ सय ४० मुद्दाको फर्स्यौट सक्ने अदालतको लक्ष्य भने पूरा भएन । जिम्मेवारी सरी आएका मध्ये आव २०८०।८१ मा कूल १ सय २४ थान मुद्दा फर्स्यौट भई आव २०७९।८० का १६ थान मुद्दा चालू आव २०८१।८२ का लागि जिम्मेवारी सरी आएका छन् ।

ताप्लेजुङ जिल्ला अदालतका श्रेष्तेदार(उपसचिव)मनोज बरालका अनुसार जिम्मेवारी सरी आएका १ सय ४० सहित आव २०८०।८१ मा कूल ४ सय ९५ थान मुद्दा रहेकोमा ३ सय ६८ थान मुद्दा फर्स्यौट भएको छ । आव २०८०।८१ मा नयाँ लगतको रुपमा दर्ता भएका ३ सय ५५ थान मुद्दामध्ये २ सय ४४ थान तथा फर्स्यौट भइ १ सय ११ थान तथा आव २०७९।८० बाट जिम्मेवारी सरी आएका १ सय ४० मध्ये १६ थान मुद्दा गरी चालू आवमा १ सय २७ थान मुद्दा चालू आवका लागि जिम्मेवारी सरी आएका छन् ।

श्रेष्तेदार बरालका अनुसार अदालतमा अहिले २ बर्ष नाघेका ३ थान मुद्दा छन् । यस्तै १८ महिना देखि २ बर्ष भित्रका ९ थान,१२ महिना देखि १८ महिना भित्रका ४ थान,६ महिना देखि १२ महिना भित्रका ३१ थान र ६ महिना भित्रका ८० थान मुद्दा रहेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts