‘तमोर करिडोर सडकलाई राष्ट्रिय गौरवको आयोजनामा समेट्न सरकारलाई आग्रह गर्ने तयारी’

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २३ । पूर्व मन्त्री एवम् प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले तमोर करिडोर सडकलाई राष्ट्रिय गौरवको आयोजनामा समेट्न सरकारलाई लिखित आग्रह गर्ने तयारी गरिएको बताउनु भएको छ ।

गृह जिल्ला ताप्लेजुङमा रहनु भएका उहाँले सञ्चारकर्मीसंग कुरा गर्दै ताप्लेजुङ सहित तमोर करिडोर सडक क्षेत्रका जिल्लाहरुका जनप्रतिनिधिहरुको तर्फबाट संयुक्त लिखित आग्रह गर्ने तयारी रहेको सुनाउनुभयो ।‘राष्ट्रिय योजना आयोगलाई यसअघि नै यसबारेको आग्रह गरिएको छ,प्रधानमन्त्री र अर्थमन्त्री ज्यूलाई संयुक्त र लिखित रुपमा आग्रह गर्दैछौं’उहाँले भन्नुभयो । तमोर करिडोर क्षेत्रका जिल्लाहरुबाट प्रतिनिधित्व गर्ने संघीय सासंदहरुकोतर्फबाट संयुक्त आग्रहको तयारीमा आफुले समन्वय गरिरहेको भट्टराईले बताउनुभयो ।

बिराटनगरबाट धनकुटाको मूलघाट,पाँचथरको सुभाङखोला हुँदै तमोर नदीको तिरैतिर ताप्लेजुङको ओलाङचुङगोला सम्मको सडकलाई तमोर करिडोर भनिएको छ । ताप्लेजुङका रणनीतिक सडक अन्तरगत सदरमुकामबाट फुङलिङबाट प्रत्येक पालिकाको केन्द्र जोड्ने सडक,तमोर करिडोर अन्तरगत मदन भण्डारी लोकमार्ग,सदरमुकाम फुङलिङबाट फुङफुङगे झरना,कावेली करिडोर र मेची राजमार्ग हुँदै सुकेटारबाट थिवा सम्म पुग्ने सडकलाई कालोपत्रे गर्नेगरी आगामी आर्थिक बर्षको बजेटमार्फत स्रोत सुनश्चित गर्न सरकारसंग आग्रह गर्ने उहाँले बताउनुभयो । उल्लेखित सडक योजना पूरा हुने हो भने पूर्वी नेपाल र ताप्लेजुङको सडक समृद्धिमा नयाँपन आउने उहाँको भनाई छ ।

भट्टराईले यसअघिबाट नै आफुले सडक समृद्धिको सपना देखेपनि पूरा हुन नसकेको भन्दै अघि सारिएका योजनामा वर्तमान सरकारले बजेट बिनियोजन गर्नेमा विश्वास लिनुभयो । तमोर करिडोरको सडकको सबै ट्रयाक ओपन भईसकेर ओलाङचुङगोला सम्म जोडिई सकेको छ । सो सडक खण्डको ट्रयाक ओपन तथा स्तरोन्नतीको कार्य गर्ने जिम्मेवारी पाएको एलाईट जेभीले ओलाङचुङगोला देखि नेपाल–तिब्बत सिमानाका टिपतालातर्फको भागमा स्तरोन्नती सहितका कार्य गरिरहेको कम्पनीका साईट इञ्चार्ज राजीव लामिछानेले जानकारी दिनुभयो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts