४६८ जनामा कोरोना संक्रमण पुष्टि, पीसीआर टेष्ट ५ लाख नाघ्यो

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,साउन ३१ । पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । उनीहरुमध्ये १०२ जनाको मृत्यु भएको छ भने १७ हजार २०१ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेष्ट ५ लाख नागेको छ । हालसम्म ५ लाख ५ हजार ६६० पुगेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts