जेठ ३ गतेबाट फुङलिङमा ताप्लेजुङ पर्यटन महोत्सव हुने

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत २८ । ताप्लेजुङमा आउँदो जेठ ३ देखि ७ गते सम्म ५ दिने ताप्लेजुङ पर्यटन महोत्सव हुने भएको छ ।

जिल्ला समन्वय समितिमा बसेको जिल्लाका सम्पूर्ण सरकारी तथा गैरसरकारी संस्थाको प्रमुखहरूको बैठकले पर्यटन महोत्सव मनाउने निर्णय गरेको छ । बैठकले महोत्सव साविकको नेपाली सेनाको यहाँस्थित दुर्गा दल गुल्मको प्राङ्गणमा आयोजना गर्न प्रस्ताव गरेको छ । यहाँबाट भर्खरैमात्र भीमकाली गुल्म परिवर्तन भई दुर्गा दल गुल्म आएको छ ।

गुल्मको प्राङगणमा महोत्सवको आयोजन गर्ने गरी स्थान प्रस्ताव गरी गुल्मपतिलाई पत्र पठाइएको जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले बताउनुभयो । उहाँका अनुसार बैठकले महोत्सवमा पर्यटकीय स्थलको अवलोकन, खाद्य महोत्सव तथा होमस्टे प्रवद्र्धन र मेयर कप भलिबल प्रतियोगिता सञ्चालन गर्ने प्रस्ताव गरेको छ ।

यस्तै पाथीभरा खुल्ला म्याराथन प्रतियोगिता,लोक झाँकी तथा सांस्कृतिक कार्यक्रम, डोको क्यारी रन, डोको बुन्ने र टपरी बुन्ने प्रतियोगिताका साथमा तेश्रो औद्योगिक कृषि तथा मेला समेत ताप्लेजुङ पर्यटन महोत्सवकै समयमा आयोजना गर्ने गरी तयारी थालिएको छ । फोटो(रेडियो काबेली अनलाइनबाट) 

अरुलाई पनि शेयर गरौ !

Similar Posts