ताप्लेजुङको आठराई त्रिबेणीले मासिक रुपमै भुक्तानी गर्न थाल्यो शिक्षकको तलव

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन १३ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले मासिक रुपमै शिक्षकको तलवभत्ता भुक्तानी गर्न थालेको छ ।

यसअघि तीन–तीन महिनामा मात्र भुक्तानी हुँदै आएकोमा गाउँ कार्यपालिकाको बैठकले शिक्षकको तलवभत्ता मासिक रुपमा उपलब्ध गराउने निर्णय गरेसंगै मासिक रुपमै तलवभत्ता भुक्तानी हुन थालेको गाउँपालिका अध्यक्ष दीपेन्द्र(दीपेन)पोमूले जानकारी दिनुभयो ।

आठराई त्रिबेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराईले  माघ महिना देखि शिक्षकको तलव मासिक रुपमै भुक्तानी हुन थालेको जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाभरीमा ३३ वटा सामुदायिक बिद्यालय रहेका छन् । १ सय ८३ जनाको स्थायी दरबन्दी भएको आठराई त्रिबेणीमा अस्थायी,राहत,करार,बाल विकास शिक्षक तथा बिद्यालय कर्मचारी सहित करिव ३ सय जना कार्यरत रहेको समेत गाउँपालिकाले जनाएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts