| |

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मोति मावि प्रथम

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, माघ १ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मोति माध्यमिक विद्यालय खोक्लिङ प्रथम भएको छ । आइतबार सम्पन्न प्रतियोगितामा विभिन्न खेल विधाअन्तर्गत १७ स्वर्ण हात पार्दै मोति मावि प्रथम भएको हो ।
यस्तै १० स्वर्णसहित साँवा माध्यमिक विद्यालय साँबा द्वितीय र तीन स्वर्ण जित्दै पञ्चश्वरी माध्यमिक विद्यालय लिबाङ तृतीय भएको छ । बिजेतालाई मिक्वाखोला गाउँपालिका–४ का वडाध्यक्ष सदनकुमार साँबा, गाउँपालिकाका शिक्षा शाखा अधिकृत केशबसरण अधिकारी लगायतले शिल्ड र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
प्रतियोगिता साँवा माध्यमिक विद्यालयमा सञ्चालन गरिएको मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो । उहाँकाअनुसार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार सुरु भई आइतबार सम्पन्न भएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts